मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो



मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो

एजेन्सी । फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भयो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।

जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक/एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे