राप्ती ५ काे पहाडी गाउँमा एक महिना देखि विद्युत सेवा अबरुद्ध, स्थानीयहरु अन्धकारमा बस्न बाध्य



राप्ती ५ काे पहाडी गाउँमा एक महिना देखि विद्युत सेवा अबरुद्ध, स्थानीयहरु अन्धकारमा बस्न बाध्य

सिसहिनयाँ २८ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नं.५ काे पहाडी गाउँहरुमा एक महिना भन्दा लामाे समय देखि विद्युत सेवा अबरुद्ध रहेको छ।

गत असाेज महिनाकाे २१ गते परेको अविरल बर्षा पछि आएकाे पहिराले विद्युतकाे पाेल र तारहरु बगाए पछि विद्युत सेवा अबरुद्ध भएको हाे। विद्युत अबरुद्ध हुदा उक्त वडाको करङ्गेकाेट, थकरीकाेट, चित्रिकाेट, घाेग्ले आँप लगायतका गाउँहरुका स्थानीय बासिन्दाहरु अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न र अन्य विद्युतीय उपकरण चलाउन बाट समेत बन्चित भएका छन्।

यता नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय लमहीले भने पहिराेका कारण बाटो तथा विद्युतकाे पाेल र तारहरुमा पूर्ण क्षति पुगेकाले मर्मत गर्न समय लागेको बताएकाे छ। साथै कार्यलयले अहिले मर्मतको काम भैरहेको अबको दुई तिन दिन भित्र विद्युत सुचारु हुने समेत जनाएछ।

Seen by PressOmprakash Gupta at 7 November 2022 at 20:01
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे