राप्ती नदीकाे दुबै तर्फ तटबन्धन गरिने छ : मन्त्री चाैधरी



राप्ती नदीकाे दुबै तर्फ तटबन्धन गरिने छ : मन्त्री चाैधरी

लमही २८ कार्तिक । दाङ क्षेत्र नम्बर १ का बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा शहरी बिकाश मन्त्री मेटमणि चाैधरीले आफूलाई जिताए राप्ती नदीकाे दुबै तर्फ तटबन्धन गर्ने र लमहीका १७ खरका छाना भएको घरहरुमा टिनका पाता राखिदिने बताएका छन् ।लमही ५ मा रहेको मनकामना महिला बिकास तथा बचत तथा ऋण सहकारीको २० औं साधारण सभाकाे आज लमहीमा सम्बाेधन गर्दै मन्त्री चाैधरीले साे कुरा बताएका हुन् । आफू अहिले पनि मन्त्री भएको बताउँदै थुप्रै बिकाश निर्माण कार्य गरेको उनले दाबी समेत गरे । सस्थाकी अध्यक्ष बसन्ता खनालकाे अध्यक्षयता तथा मन्त्री चाैधरीकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियाे ।

सभाका ६० बर्ष उमेर काटेर चार जना जेष्ठ महिलाहरु लागि दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे । यस्तै सहकारीले घडेरी खरिद गर्नका लागि केही पैसा पनि जम्मा गरेकाे जानकारी गराइएको थियाे । कार्यक्रम २०७८/०७९ काे आर्थिक प्रतिबेदन काेषाध्यक्ष बिजया लक्ष्मी आरसिले र सचिब चित्रा चाैधरीले प्रगति प्रतिबेदन पढेर सुनाएका थिए ।

कार्यक्रम विभिन्न उपसमतिहरुले पनि प्रतिवेदन पढेर सुनाएका थिए । कार्यक्रममा लमही नगरपालिकाका मेयर जाेगराज चाैधरी ,उपमेयर लक्ष्मी याेगी, पुर्ब अध्यक्ष गाेमा बस्नेत, लक्ष्मी सुवेदी, पत्रकार श्रवण बस्नेत लगायतकाले बाेलेका थिए । उपाध्यक्ष बिजया डाँगी खड्काकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे संचालन लेखा समिति सदस्य प्रेमा जिसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे