राप्ती नदीमा बगेर बेपत्ता भएका बालक २८ घण्टा बितिसक्दा समेत भेटिएनन्



राप्ती नदीमा बगेर बेपत्ता भएका बालक २८ घण्टा बितिसक्दा समेत भेटिएनन्

दाङ २८ कार्तिक । राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालक २८ घण्टा भन्दा बढी समय बिति सक्दा समेत फेला पर्न सकेका छैनन् । गढवा गाउँपालिका वडा नम्बर १ बड्हराका रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव बेपत्ता भएका हुन् ।गढवा गाउँपालिका वडा नम्बर १ बड्हरास्थित झोलुङगे पुल नजिक राप्ती नदीमा शनिबार दिउँसो सवा १२ बजेको समयमा नुहाउने क्रममा वेपत्ता भएको प्रहरीले बताएको छ । साथीसँग नदीमा नुहाउन गएका बालक डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि बालक फेला नपरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बालक नभेटिएपछि आज समशेरगञ्जबाट गोताखोर टोली आएर खोजी कार्य सुरु गरेको गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले बताए । वेपत्ता भएका बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे