निर्वाचनलाई मध्यनजर गर्दै दाङमा तीन दिन सम्म रातीको समयमा सावरी आवागमनमा रोक



निर्वाचनलाई मध्यनजर गर्दै दाङमा तीन दिन सम्म रातीको समयमा सावरी आवागमनमा रोक

दाङ २८ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङमा तीन दिनसम्म सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । हरेक दिन साँझ ६ बजेदेखि अर्काे दिन विहान ६ बजेसम्मका लागि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रशासनले आज एक सूचना प्रकाशन गरी निर्वाचनको सन्दर्भमा समाजमा डर, त्रास एवं भय सिर्जना गरी निर्वाचनको शान्तिपूर्ण वातावरण बिथोल्ने जस्ता कार्य हुन सक्ने भएकाले मंसिर १ गतेदेखि ३ गतेसम्म रातीको समयमा सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाइएको हो । निर्वाचनको दिन भने निर्वाचन आयोगबाट जारी भएको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम हुने व्यहोरा जारी सूचनामा उल्लेख गरिएको छ ।

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधन(स्वास्थ्य, विद्युतीय, कृषि, दुग्घ, माछा, मासु, इन्धन र टेलिकम आदि), भिआइपी, सवारी पास अनुमति लिएका उम्मेदवारहरुका लागि तोकिए बमोजिमका, लामो दुरी र छोटो दुरीका यात्रुबहाक, सरकारी सेवाका सवारी साधनहरु, कर्मचारी परिचयपत्र सवारी साधनहरु, निर्वाचनमा खटिएका(राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पयृवेक्षक र अनुगमन टोली), सञ्चारकर्मी, निर्माण कार्यमा संल्ग्न, नजिकको सुरक्षा निकायबाट पूर्व स्वीकृती लिएका वा पूवृ जानकारी गराइएका, जिल्ला भित्रबाट अन्य बाहिर जाने सवारी साधनहरु भने चल्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे