दाङमा निर्वाचन सामाग्री आइपुग्यो



दाङमा निर्वाचन सामाग्री आइपुग्यो

दाङ २५ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चाहिने निर्वाचन सामाग्री दाङ आइपुगेको छ । निर्वाचन आयोगबाट एकसाता अघि मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतसम्पुर्ण निर्वाचनका सामाग्री दाङ आइपुगेको प्रदेश निर्वाचन कार्यालय लम्बिनी प्रदेश दाङका निर्वाचन अधिकृत नारायण भण्डारीले जानकारी दिए ।

ती सामग्री मंसिर १ गते मतदान अधिकृत मार्फत दाङका सबै मतदान स्थलमा पठाइने भण्डारीको भनाइ छ ।दाङमा १५३ मतदान स्थलमा निर्वाचनका लागि करिब ३८ सय कर्मचारी खटाइएको छ । त्यसैगरी पाँच हजार शुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

यसैबीच दाङ क्षेत्र नं. ३ को मतगणना तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी क्षेत्र नं. १ को लमही नगरपालिकामा र क्षेत्र नं. २ को जिल्ला समन्वय समिति घोराहीमा मत गणना गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे