सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित



सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

काठमाडाैँ ७ कार्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रचिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उनी पुनः पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । अब उनी पाँच वर्षसम्म यही पदमा रहिरहने छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गरेका छन् ।

केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्नेछन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्नेछन् ।

पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गरेकाे बीबीसीले उल्लेख गरेको छ । हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे