टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो



टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

काठमाडाैँ ७ कार्तिक । टि–२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्याे ।

भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए । पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम आफूले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए । इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे