नवौँ राष्ट्रिय खेलकुदमा ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा, आज २६ खेल हुने



नवौँ राष्ट्रिय खेलकुदमा ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा, आज २६ खेल हुने

काठमाण्डाै  २ कार्तिक । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ ।

आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १ सय ८ पदक जितेको छ ।

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदकसहित १ सय २० पदक हात पारेको छ । त्यस्तै गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदकसहित ६१ पदक जित्दा वाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्यसहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्यसहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ५१ पदक जितेको छ ।

लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कास्यपदक सहित १० वटा पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता​को छैटौं दिन आज विभिन्न २६ खेलहरु हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे