रुसले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनायाे



रुसले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनायाे

एजेन्सी । रुसी सेनाले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनाएको छ । पछिल्ला केही दिनदेखि रुसले विद्युत् गृह, सबस्टेशन, प्रसारण लाइन, थर्मल प्लान्ट लगायतलाई लक्षित गरेर आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले बताएका बीबीसीले जनाएको छ ।

अहिले राजधानी किभ र अन्य थुप्रै सहरमा बिजुली र खानेपानीको अभाव रहेको खबरमा उल्लेख छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पछिल्ला आठ दिनमा देशका ३० वटा ऊर्जा केन्द्रमा आक्रमण भएको र अवस्था नाजुक रहेको बताएका छन् । उनले नागरिकलाई ऊर्जाको खपत निकै कम गर्न र पानी बचाउन आग्रह गरेका छन् ।

कडा जाडोको समय आउँदै गरेकाले ऊर्जाको झन् धेरै आवश्यक पर्ने तर यसै बेला रुसले ऊर्जा केन्द्रलाई लक्षित गरेर आक्रमण गर्दा ठूलो मानवीय सङ्कट आउन सक्ने युक्रेनी प्रधानमन्त्रीको चिन्ता छ । युक्रेनी उर्जा फर्म डीटीईकेले आफ्ना दुई वर्टा थर्मल पावर प्लान्टमा रुसी गोलाबारीबाट ठूलो क्षति पुगेको र एक कामदारको ज्यान गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे