माओवादी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका सह-इञ्चार्ज आरडी यादव एमालेमा प्रवेश



माओवादी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका सह-इञ्चार्ज आरडी यादव एमालेमा प्रवेश

देउखुरी १ कार्तिक । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका सह-इञ्चार्ज आरडी यादव(रामदास) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी भित्र झुट र बेइमानी मात्रै भएकाे भन्दै माओवादी परित्यागगरि एमाले प्रवेश गरेका हुन् ।`

माओवादी आन्दाेलनमा लागियाे । तर, त्यहाँ झुठ र बेइमानी मात्रै अरु केही छैन´उनले भने-`पार्टी भित्र सिद्धान्त विपरीत नाताबाद, चाकडी वाद हावी भयाे । स्वच्छ छवि भएका इमानदार कार्यकर्ताकाे भविस्य माओवादीमा छैन । त्यहीँ भएर माओवादी परित्याग गरेकाे यादवले भने ।´ उनले कुनै पनि पदमा वा साधारण सदस्य समेत नरहने गरी परित्याग गरेकाे विज्ञप्ति मार्फत घाेषणा गरेका हुन् ।

यादवलाई एमाले पाेलिटव्यूराे सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ता चाैधरी, केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयाेग सदस्य सरस्वती गाैतम, प्रदेश कमिटी सदस्य जगतप्रसाद पाेख्रेल, गंगाराम भट्टराई र जिल्ला उपाध्यक्ष राममणी पाण्डे लगायतले प्रवेश गराएका थिए । यादवलाई एमाले पार्टीले उचित जिम्मेवारी दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे