दाङकाे तुलसीपुरमा दुई बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवा पक्राउ



दाङकाे तुलसीपुरमा दुई बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवा पक्राउ

तुलसीपुर १ कार्तिक । दुईजना बालबालिकाको हत्याका मुख्य योजनाकार सहित केहि युवालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका – ६ निबासी २१ बर्षका सुशील पुन मगर र मकावनपुरको हेटौडा नगरपालिका – ८ निबासी २४ बर्षका सुबाश थिङ रहेको प्रहरी स्रोतले जनाएको छ ।

घटनामा संलग्न रहेको आराेपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले , तुलसीपुर  उपमहानगरपालिका -१३ का केहि  युवालाई पनि नियन्त्रणमा राखेको छ । पक्राउ परेका मध्य केहिले हत्या गरेको र केहिले बोकेर जंगलमा लग्ने काम गरेको र केहिले खाडल खन्ने काम गरेका थिए ।

सुरुमा शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि पोल खुल्ने डरले उनको पनि हत्या गरेको प्रहरी स्रोतले बताएको छ । यद्यपी प्रहरीले यसको आधिकारीक पुष्टि भने गरिसकेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले घटनाकाे  एक्सपोज गर्नका लागि सूचना प्राप्त रहेपनि थप केहि खुल्छ की भनेर  ससाना घटनाको अनुसन्धान गरिरहेकाे बताए ।

तुलसीपुर उपमहानगरपालिका–१३ जनकल्याण सामुदायिक वनको जंगलमा आइतबार दिउँसो एउटै खाडलमा हत्या गरेर पुरेको अवस्थामा शरद र रोशनीको शव फेला परेको थियो । दुबैजना २७ गते साँझबाट हराईरहेका थिए ।

यता  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर/किशोरीको शव पोष्टमर्टम फरेन्सिक बिज्ञबाट गरिने भएको छ ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए ।

प्रहरीले आग्रह गरे अनुसार पाँचरछ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए ।

घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए ।

तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चललेको घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए ।

दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए ।

उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो । शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए । किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास तथ्य भेटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे