दाङ क्षेत्र नं. १ मा एमालेको व्यापक चुनावी अभियान, जनपरिचालनको लागि जिम्मेवारी तोकियो



दाङ क्षेत्र नं. १ मा एमालेको व्यापक चुनावी अभियान, जनपरिचालनको लागि जिम्मेवारी तोकियो

देउखुरी २७ असाेज । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै एमालेले व्यापक योजना तयार गरेको छ । सरकारमा रहदा एमालेले गरेका राम्रा कामहरुलाई जनता माझ पु¥याउदै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई बिजय बनाउनेगरी योजना तयार पारिएको छ ।

संघिय निर्वाचन क्षेत्र नं. १ र दुवै प्रदेश निर्वाचन समन्वय कमिटिको बैठक बसेर तयारी गरिएको छ । एमालेले क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा महिला नेतृ शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदेश १(क) मा गंगाराम भट्टराई र प्रदेश १(ख)मा कुलबहादुर केसी चुनावी मैदानमा रहेका छन् ।

क्षेत्र नं. १ समन्वय कमिटिका अध्यक्ष सहजराम यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार एवम् पार्टीका स्थायी कमिटि सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सम्पूर्ण जनवर्गिय संगठनका प्रमुखहरु, पालिका स्तरीय कमिटिका अध्यक्ष, वडा कमिटिका अध्यक्षहरुको सहभागीतामा निर्वाचन परिचालन मुल कमिटि गठन गरिएको छ ।

आर्थिक परिचालन कमिटिको संयोजकमा जगतप्रसाद पोख्रेल र सदस्यहरुमा नारायण डिसी छम्पाली, विमबहादुर केसी, खिमबहादुर बुढा मगर, रतन केसी रहेका छन् । निर्वाचन क्षेत्र स्तरीय पार्टीको प्रतिबद्धता पत्र तयार पार्न ताराप्रसाद भुसालको संयोकत्वमा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा चुडामणी पौडेल, सतिष गौतम, अम्मर गिरी, लालमणी गिरी, शशिधर ज्ञवाली, विष्णु रिजाल रहेका छन् ।

यस्तै पवन रिजालको संयोजकत्वमा निर्वाचन प्रचार-प्रसार समिति गठन गरिएको छ । जसका सदस्यहरुमा सन्तोषकुमार गुप्ता, दशरथ घिमिरे, ओमप्रकाश गुप्ता, शिवराज पन्थी, मञ्जु रोका, उत्तम अधिकारी,निमराज पोख्रेल, प्रकाश खनाल, भानु जोशी र अनुप बुढा लगायत रहेका छन् ।

यता निवार्चन क्षेत्र नं. १(ख)को पनि निर्वाचन लक्षित बैठक सम्पन्न भएको छ । संयोजक धुपनारायण चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार एवम् पार्टीका स्थायी कमिटि सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जनपरिचालनलाई व्यापक बनाउदै एमालेको पक्षमा जनमत निर्माणको लागी सबै जनवर्गिय संगठनका संयोजक एवम् जिम्मेवार व्यक्तिहरुको सहभागीतामा निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

उम्मेदवारहरुको प्रतिबद्धता तयार पार्न शशिधर ज्ञवाली संयोजक र शतिस गौतम, सितल भुसाल सदस्य रहेको समिति गठन गरिएको छ । सबै जनवर्गिय संगठनहरुको परिचालनको लागी अब्जर अलिको संयोजकत्वमा समिति गठन गरिएको छ । आर्थिक परिचालनको लागी विमबहादुर केसी संयोजक रहेको समिति गठन गरिएको छ । प्रचार प्रसारलाई व्यवस्थीत गर्न दशरथ घिमिरेको संयोजक र भिम भुसाल, सुदर्शनराज थापा, विष्णु भुसाल र विष्णु ठकुरी रहेको समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे