राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला



राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला

भालुवाङ २६ असोज । दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ ।

मंगलबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल नजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको अन्दाजी १५/१६ वर्षकी बालिकालाई राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । उक्त शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे