हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गयो



हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गयो

काठमाण्डाै २४ असाेज । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले उज्यालोलाई जानकारी दिए ।

घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे