पत्रकार रिजालले दाङ क्षेत्र नं. १ (क) मा उम्मेदवारी दर्ता गराए
देउखुरी २४ असोज । दाङ देउखुरीका पुराना तथा अग्रज पत्रकार महेश रिजालले प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार लमही स्थित नगरविकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचनको कार्यालयमा गई राष्ट्रिय जनमोर्चा पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. १ क मा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारूढ दलहरू सँग प्रदेशमा गठबन्धन हुन नसके पछि पार्टीले रिजाललाई प्रदेश सभा सदस्यमा उम्मेदवारको लागि टिकट दिएको थियो । समग्र प्रदेशको विकास र व्यथेती अन्त्यका लागि आफुले पहिलो पटक प्रदेशमा उम्मेदवारी दिएको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद, नयाँ युगबोध राष्ट्रिय दैनिक र युगदर्शनका प्रतिनिधि तथा राप्ती प्रेस मञ्चको मुख्य संरक्षक समेत रहेका रिजाल सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील छन् ।
प्रतिक्रिया दिनुहोस्