एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न चौतारीकाे भुमिका महत्वपूर्ण छ : बिश्वकर्मा



एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न चौतारीकाे भुमिका महत्वपूर्ण छ : बिश्वकर्मा

कपिलबस्तु ८ असाेज । नेकपा एमालेका सचिव छबिलाल बिश्वकर्माले नेकपा एमालेलाइ देशको बिलियो राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्न प्रेस चौतारिले भुमिका खेल्नुपर्ने बताएका छन् । नेकपा एमाले प्रचार बिभाग लुम्बिनी र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा शनिवार कपिलबस्तुमा आयोजित प्रादेशिक प्रचार भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय जिम्मेवारी पूरा गर्न निर्देशन गरे ।

जिताउन, समृद्धि हासिल गर्न र जनताका आकान्क्षा पूरा गर्न एमालेले जित्नुपर्ने भन्दै उनले देश बनाउने अभियानमा जोड्नुपर्नेमा जोड दिए । नेता बिश्वकर्माले यश पटक गठबन्धन विरुद्ध जित निकाल्न सके आउँदा दिनमा रास्ट्रहित बिरुद्द कसैले गठबन्धन गर्न नसक्ने बताए । विकास प्राधिकरणका पुर्ब सिइओ सुशील ज्ञवालीले केपि ओलि नेतृत्वको सरकारका पालामा भएका विकास र त्रिभुवन बिश्वबिध्यालय प्राद्यापक रोम्कान्त पाण्डेले सामाजिक संजालको सदुपयोग तथा निर्वाचनमा त्यसको प्रयोगबारे पत्रकारहरुलाइ प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सबिन प्रियाशन निर्देशन मन्तव्य व्यक्त्त गरेका थिए । कार्यक्रममा दाङ सहित लुम्बिनी प्रदेशका १२ जिल्लाका अगुवा पत्रकारहरुको सहभागिता रहेकाे थियो । कार्यक्रम नेकपा एमाले प्रचार विभाग लुम्बिनी प्रदेश अध्यक्ष डिआर घिमिरेको अध्यक्षतामा  भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे