सितगंगा नगरपालिकाको ठाडामा श्रीमानद्धारा श्रीमतीको हत्या



सितगंगा नगरपालिकाको ठाडामा श्रीमानद्धारा श्रीमतीको हत्या

अर्घाखाँची ८ असाेज । अर्घाखाँचीको सितगंगा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् ।  मनकलाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

घरमा दुई जना बीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराेले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उनले बताएका छन् ।

मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे