नमूना बचत तथा ऋण सहकारी संस्थाकाे चौंथो साधारणसभा सिसहनियाँमा सम्पन्न



नमूना बचत तथा ऋण सहकारी संस्थाकाे चौंथो साधारणसभा सिसहनियाँमा सम्पन्न

सिसहनियाँ ८ असाेज । देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँ स्थित नमूना बचत तथा ऋण सहकारी संस्थाकाे चौंथो बार्षिक साधारणसभा शनिबार प्रगतिनगर सिसहनियाँमा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष प्रेमबहादुर केसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका-५, नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे साधारणसभामा संस्थाका सचिव भरतबहादुर खत्रीले बार्षिक प्रतिवेदन, काेषाध्यक्ष शान्ता सुवेदीले आर्थिक प्रतिवेदन, लेखा समितीका संयाेजक रामलाल पाण्डेले लेखा प्रतिवेदन र ऋण समितीकी सदस्य लक्ष्मी पाेख्रेलले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।संस्थाका उपाध्यक्ष तथा ५ नम्बर वडा सदस्य गाेविन्दबहादुर कँवरकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा सिसहनियाँ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्शका अध्यक्ष कुमार अधिकारी, भुगाेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराई, संस्थाका सल्लाहकार पूर्णबहादुर केसी र शिक्षा उप-समितीका संयाेजक सुवर्णमान चाैधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव भरतबहादुर खत्रीले गरेकाे थिए ।

-याे खबर प्रशिक्षार्थी पत्रकार लक्ष्मी पाेख्रेलले पठाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे