आयाम बहुद्देश्यीय सहकारी संस्था गढवाको आठौं साधारण सभा सम्पन्न



आयाम बहुद्देश्यीय सहकारी संस्था गढवाको आठौं साधारण सभा सम्पन्न

गढवा ८ असाेज । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. गढवा देउखुरी दाङकाे आठाैं वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश बसेलकाे अध्यक्षता एवम् गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चाैधरीकाे प्रमुख आतिथ्यता तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गाैतमकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष चाैधरीले संस्था सबल र सुदृढ बनाउन, सामाजिक उतरदायी सहित चलेकाे संस्स्थाकाे सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

गाउँपालिकाबाट हुने हरेक सहकारी सम्बन्धी कार्यक्रममा गाउँपालिकाकाे शत प्रतिशत सहयाेग हुने प्रतिबद्धता समेत व्यक्त गरिन् । कार्यक्रममा बिशिस्ट अतिथिकाे आसनबाट बाेल्दै बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष गाैतमले संस्था बलियाे अवस्था रहेकाे प्रतिबेदनबाट प्रष्ट हुने धारणा राखेका थिए, केहि सहकारी हरू परिवारवादमा चलेकाे, सहकारी ऐन विपरीत चलेकाले समस्या ग्रस्त भएकाे उल्लेख गर्दै बिधि र बिधानमा चल्ने सहकारी समस्यामा नरहेकाे र आयाम बहुउद्देश्यीय सहकारी मजबुत अवस्थामा रहेकाेले शेयर सदस्यहरू निर्धक्क रूपमा बचत तथा ऋणकाे काराेवार गर्न आग्रह गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुल आम्दानी ४३ लाख ३६ हजार ५सय ५७ रुपैयाँ २४ पैसा रहेको छ भने खर्च ३८ लाख २८ हजार १ सय ९६ रुपैयाँ ९७ पैसा रहेको छ भने ५ लाख ८ हजार ३ सय ६० रुपैयाँ २७ पैसा नाफा भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सबै भन्दा बढी आम्दानी ऋण लगानी गरेर व्याज बाफत २१लाख २८ हजार ९ सय ७८ रुपैयाँ ७१ पैसा गरेको छ भने खर्च तर्फ सबै भन्दै बढी खर्च एम्बुलेन्स सञ्चालन गर्दा ८ लाख ५२ हजार ५ सय ८४ रुपैयाँ ५३ पैसा खर्च गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७८/०७९को अहिले सम्मको मासिक, दैनिक, ऐच्छिक, बाल र आवधिक बचत गरी कुल बचत १ करोड ४६ लाख ५८ हजार ५ सय ८५ रहेको जनाएको छ। कार्यक्रममा ८ जना उत्कृष्ट बिधाका सदस्यहरूलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा उत्कृष्ट कर्मचारीकाे रूपमा संस्थाका लेखा प्रमुख बालिका पाैडेल, उत्कृष्ट बचतकर्ता राजन खनाल, पुर्ण बहादुर क्षत्री, उत्कृष्ट काराेवार कर्ता पुना पुन, ईश्वर नारायण चाैधरी, बाल बचत कर्ता मा डेभिट पाैडेल, आयुशा चाैधरी र नियमित बचतकर्ताकाे रूपमा राजपुर ५ का अवधेश यादवलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा गढवा गाउपालिका वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापा, गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, देउखुरी सामुदायी पुस्तकालय तथा स्राेत केन्द्र का अध्यक्ष ओभा पाठक, चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शकुन्तला डिसी, सहकारी संजालका दामाेदर ढुङ्गाना, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव लगायतले बाेलेका थिए । संस्थाका सचिव श्यामबहादुर चाैधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकाे कार्यक्रममा संस्थाका काेषाध्यक्ष कालिप्रसाद चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले बाेल्दै सहकारीमा खाता खाेल्दा, बितिय काराेवार गर्दा सदस्यता लिदा संस्थाकाे अवस्था बुझेर मात्र शेयर खरिद तथा सदस्यता लिनुपर्ने कुरामा जाेड दिएका थिए । संस्था परिवार वाद तथा नितिमा चले समस्या ग्रस्त हुदै नहुने बताउदै अध्यक्ष बस्याले सहकारीहरू निति नियममा चल्नुपर्नेमा जाेड दिएका थिए । संस्थाकाे लेखा प्रमुख बालिका पाैडेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव श्यामबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे