अखिल छैठौं दाङको जिल्ला भेला लमहीमा सम्पन्न, अध्यक्षमा सरिता पुन सर्वसहमतीले चयन



अखिल छैठौं दाङको जिल्ला भेला लमहीमा सम्पन्न, अध्यक्षमा सरिता पुन सर्वसहमतीले चयन

लमही ८ असाेज । राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं दाङको जिल्ला भेला शनिवार लमहीमा सम्पन्न भएको छ । छैठौंकी जिल्ला उपाध्यक्ष सरिता पुनको अध्यक्षता एवम् छैठौंका केन्द्रीय महासचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई प्रमुख अतिथि अखिल जिसीले मैनबत्ती बालेर उद्घाटन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले राष्ट्रघाती एमसिसी, नागरिकता बिधेयक जस्ता राष्ट्रघात विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताएका छन् । विद्यार्थी सचेत वर्ग भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औल्याए ।

भेलामा अखिल छैठौंका पूर्व केन्द्रीय सचिव गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल छैठौंका केन्द्रिय सदस्य खगेन्द्रा विष्ट,अखिल छैठौंका केन्द्रिय सदस्य जीवन परियार, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबाबु भण्डारी, नेपाल शिक्षक संघ दाङ जिल्ला अध्यक्ष रुमाल बस्याल, राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सदस्य कपिलदेव खनाल, रक्तिम सांस्कृतिक दाङ जिल्ला सहसचिव भरत भण्डारी, अखिल छैठौंका दाङ जिल्ला पूर्व अध्यक्ष बसन्त आचार्य र धुव्र बेल्बासे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी भेलाकाे बन्दसत्रमा खगेन्द्रा विष्ट, धुव्र बेल्बासे र भरत भण्डारीको अध्यक्षतामा राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । भेलाले सरिता पुनको अध्यक्षतामा १५ जना पूर्ण र ६ जना वैकल्पिक गरी २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा त्रिशन केसी, सचिवमा दिनेश रैदास, सहसचिवमा निर्मला खनाल र कोषाध्यक्षमा सुनिता आचार्य रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गाैतम चौधरी, प्रतिज्ञा भण्डारी, केशरी शर्मा, कुशल उपाध्याय, सागर आचार्य, कमल परियार, तुलसीराम भन्डारी, अन्जु खरेल, श्याम कुमार सहनी र विक्रम केसी लगायत रहेका छन् । त्यसैगरी वैकल्पिक सदस्यमा सोनिया बिक, नितेश कौशल, चेतराम बिक, नारायण बुढा, आस्था शर्मा, साबित बुढाथोकी चयन भएका छन् । सुनिता आचार्यको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन देनेश रैदासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे