कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु, ३१ जना घाइते



कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु, ३१ जना घाइते

कपिलवस्तु ८ असाेज । कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएकाे छ,  भने ३१ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो ।

उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । जिल्लाको वुद्धभूमि नगरपालिका-९ र ४ को सीमामा शनिबार दिउँसो काठमाडौंबाट दाङ आउदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका थिए ।  दुर्घटनामा घाइते मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे