आशाका किरण संस्थाले असोज ११ गते दशैंमिलन कार्यक्रम गर्ने



आशाका किरण संस्थाले असोज ११ गते दशैंमिलन कार्यक्रम गर्ने

भालुवाङ ८ असोज । आशाका किरण संस्थाले आगामी असोज ११ गते विजयादशमीको अवसरमा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा शनिबार राप्ती गाउँपालिका १ भालुवाङमा बसेको बैठकले राप्ती गाउँपालिका २ बराखुट्टीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । सो कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष अशोक बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय तयारी समिति गठन गरेको छ । जसका सदस्यहरूमा पवित्रा विक र दिवस आचार्य रहेका छन् ।

त्यसै गरि बैठकले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा संस्थाको कार्यालय समेत स्थापना गरि शनिबार देखि नै सञ्चालनमा ल्याएको छ । बैठकले संस्थालाई थप क्रियाशिल बनाउन नयाँ साधारण सदस्य समेत थप गरेको छ । थप भएका सदस्यहरूलाई असोज ११ गतेको दशै मिलन कार्यक्रममा टीका लगाएर स्वागत तथा प्रवेश गराउने निर्णय भएको संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

बैठकमा संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, सचिव थम्मन राना, आमन्त्रित सदस्य पवित्रा विक, सुस्मिता थापा क्षेत्री  लगायतको उपस्थिति रहेको थियोे ।






प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे