गढवा गाउँपालिकाको पहलमा अनाथ महिलाको उद्दार



गढवा गाउँपालिकाको पहलमा अनाथ महिलाको उद्दार

गढवा ८ असोज । गढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ ।

बिगत २ महिना देखि बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछि गढवा गाउँपालिकाले ती महिला लाई उद्दार गरेको हो । गढवा गाउँपालिका वडा नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

महिलालाई उद्दार गरेर निलसागर सेवा आश्रम नेपालगंज पठाइएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएका छन् । गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, गढवा गाउँपालिका वडा नम्बर – ४  का वडाध्यक्ष हरिभगत चौधरी, माओवादी नेता बिरेन्द्र चौधरी, स्थानीय बुद्धिजीवी मनिराम पौडेल, इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, निलसागर सेवा आश्रम पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, अभियन्ता दिनेश पोख्रेल, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, कृष्ण पन्थीको उपस्थितिमा छलफल गरी आश्रम पठाइएको हो।

निलसागर सेवा आश्रमले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरुलाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे