आजबाट ‘प्रेमगीत ३’ को ‘वर्ल्डवाइड’ प्रदर्शन



आजबाट ‘प्रेमगीत ३’ को ‘वर्ल्डवाइड’ प्रदर्शन

असोज ७ दाङ। बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो ।

हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापना १० गते बाट मात्र प्रदर्शनमा आउनेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउनुभयो । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे