राप्ती सामुदायिक वन भालुवाङको २४ औं वार्षिक साधारणसभा सम्पन्न



राप्ती सामुदायिक वन भालुवाङको २४ औं वार्षिक साधारणसभा सम्पन्न
भालुवाङ ६ असाेज । राप्ती गाउँपालिका १ भालुवाङमा रहेकाे  राप्ती सामुदायिक बन उपभोक्ता समुहको २४ औं वार्षिक साधारणसभा बिहिवार भालुवाङमा सम्पन्न भएको छ।
समुहका अध्यक्ष खिमबिक्रम शाहको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन प्रमुख अथिती तथा सामुदायिक बन उपभोक्ता महासङ राप्ती गाउँपालिकाका अध्यक्ष हरिप्रसाद भुसालले गरेका थिए । साधारणसभामा समुहका अध्यक्ष खिमबिक्रम शाहले वार्षिक प्रतिबेदन र कार्यालय सचिब लिलारेस्मी मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रामजहदी सामुदायिक वनका अध्यक्ष हरि श्रेष्ठ, नमुना आँपखोली खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष गोमाया क्षेत्री, सल्लाहकार हुतबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समुहका सदस्य पदम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सन्चालन संस्थापक सचिव महेश रिजालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे