रुकुम पूर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु, १० जना बढी घाइते



रुकुम पूर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु, १० जना बढी घाइते

रुकुम पूर्व ६ असोज । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्य’ भएको छ भने १० जना घाइते भएका छन् । बिहीबार भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरुको परिचय पनि खल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे