कालिका सामुदायिक वन लालमटियाको २३ औँ साधारणसभा सम्पन्न



कालिका सामुदायिक वन लालमटियाको २३ औँ साधारणसभा सम्पन्न

लालमटिया ६ असोज । देउखुरीको लालमटिया स्थित कालिका सामुदायिक बन उपभोक्ता समूहको २३ वार्षिक साधारणसभा बिहिबार देउखुरीको लालमटिया सम्पन्न भएको छ । समूहका कार्यबाहक अध्यक्ष बेदुलाल सुबेदीको अध्यक्षता एवम् राप्ती गाउँपालीका वाड नम्बर २ का वडाध्यक्ष पहलवान चौधरी(अनुप)को प्रमुख आतिथ्य तथा राप्ती सब डिभिजन बन कार्यालयका फरेस्टर दामोदर डाँगीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै वडाध्यक्ष चौधरीले आफू अध्यक्ष पदमा रहेपनि वनसंगको माया सदैब रहने र हर्सेडाडालाई सुन्दर पर्यटकिय स्थल बनाउने परिकल्पना आफ्नो मानसपटल सदै रहने बिस्वास ब्यक्त गरे । साथै वडा नम्बर २ र कालिका सामुदायिक बनको बिकाश गर्ने हो भने सकारात्मक सोचको बिकाश गर्न आग्रह समेत गरे ।

संस्थाकी सचिव शिला पौडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लोकमाया तामाङले आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक प्रगति प्रतिवेदन र केन्द्रका संयोजक यामबहादुर रोकामगरले पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रको २०७८/२०८९ को आर्थिक प्रगति प्रतिवेदने प्रस्तुत गरेका थिए ।

समुहकी सदस्य अन्जना कुमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती सब डिभिजन बन कार्यालयका बन रक्षक राजकुमार चौधरी, राप्ती गाउँपालीका वाड नम्बर २ का वडा सदस्य टेकबहादुर रावत, सामुदायिक वन महासंघका उपाध्यक्ष गिरराज पौडेल, करम्दी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष गोबिन्द रोका र साना किसान सहकारी संस्थाका अध्यक्ष विष्णा न्यौपानेले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा वन समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार जोरमान मिया, आन्तरिक लेखा परिक्षण सदस्य विश्वराज आचार्य, पूर्व अध्यक्ष तथा सल्लाहकार भीमकान्त भुसाल, राप्ती राप्ती सब डिभिजन बन कार्यालयका फरेस्टर दामोदर डाँगी, आर्दश नमुना माबिका शिक्षक जिबराज शर्मा, वनका उपभोक्ता मुक्तिराम पौडेल, बोमबहादुर थापा र खुमबहादुर गुरूङ लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साे अवसरमा स्वर्गीय वन हेरालु तालबहादुर थापाकी धर्मपत्नी इश्वरी थापालाई प्रमाण-पत्र र दाेसल्लाले सम्मान गरिएकाे थियाे । कार्यक्रमको संचालन समुहकी सचिव शिला पौडेलले गरेकी थिइन् ।

यता समूहका अध्यक्ष पहलवान चौधरी गत बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा राप्ती गाउँपालिका—२ नम्बर वडा अध्यक्षमा निर्वाचित भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बेदुलाल सुवेदीले पाएका थिए । सभाको बन्दसत्रले समूहको नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएपनि बन्दसत्रमा अध्यक्ष पदमा धेरै आँकाक्षी देखिए पछि यो समाचार तयार पार्दा सम्म नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे