साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बंगलादेशले जित्याे



साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बंगलादेशले जित्याे

काठमाण्डाै ३ असाेज । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बङ्ग्लादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयाे । नेपाललाई हराएकाे बङ्गलादेश पहिलो पटक च्याम्पियन बन्याे ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे