तुलसीपुरमा चट्याङ लागेर एक महिला घाइते



तुलसीपुरमा चट्याङ लागेर एक महिला घाइते

तुलसीपुर ३ असोज । तुलसीपुरमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका-३ सातबास निवासी ५९ वर्षिय सौरी वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पष्पराज मल्लले जानकारी दिए ।

वली घरको पिडीमा बसीरहेको अवस्थामा सोमबार दिउँसो पौने २ बजेतिर चट्याङ लागेको थियो । घाईते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । भने अहिले उनको अवस्था सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे