समानुपातिकको बन्दसूची तयार गर्न एमाले बैठक



समानुपातिकको बन्दसूची तयार गर्न एमाले बैठक

असोज २ काठमाडौं/प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सुची बनाउन नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा केहीबेर अघिबाट सुरु भएको हो ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सुची पेश गर्न सूचना जारी गरेकाले एमाले लगायतका सवै दलहरु बन्द सूची बनाउन केन्द्रीत भएका हुन् ।  आयोगले समानुपातिक सुची पेश गर्न दुई दिन समय दिएकाले त्यसको फाइदा उठाउँदै अन्तिम समयमा आएर बन्द सूची बनाउन लागेका हुन् ।
एमालेमा प्रतिनिधिसभाको ११० र प्रदेशसभा सदस्यतर्फ २२० को समानुपातिक सदस्यका लागि झण्डै एक हजार हाराहारीमा नाम सिफारिस आएको बताइएको छ । एमालेले आज सूची तयार गरेर भोलि सोमबार निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे