चोलेन्द्रलाई गेटबाटै भित्र छिर्न नदिने, सुरक्षा व्यवस्था कडा



चोलेन्द्रलाई गेटबाटै भित्र छिर्न नदिने, सुरक्षा व्यवस्था कडा

 असोज २, काठमाडौं– महाभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्कने हल्ला चलेपछि नेपाल बार एशोसियसनले उनलाई अदालतको गेटबाटै प्रवेश गर्न नदिने निर्णय गरेको छ।

बिहान बसेको बारको आकस्मिक बैठकले राणा झन् विवादित भएको र महाभियोग सिफारिस समितिले महाभियोग लाग्ने प्रतिवेन दिएकाले छिर्न नदिने निर्णय गरेको हो। नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरले बारले यसअघि झै सर्वोच्चमा शान्तिपूर्ण प्रर्दशन हुने बताए।
‘राणा विरुद्धको महाभियोग संसद्‌मा विचाराधीन छ, उनले प्रवेश गर्न पाउँदैनन्,’ उनले भने, ‘छानबिन समितिले प्रतिवेदन दिएर दोषी देखाएको अवस्थामा सर्वोच्च प्रवेश हुन सक्दैन।’

शनिबार महाभियोग समितिमा अन्तिम बयान दिएका राणाले सोही दिन नै सर्वोच्च प्रशासनलाई फोन गरेर आफू उपस्थित हुने जानकारी गराएका थिए। राणाको उक्त कुरा प्रशासनले अन्य न्यायाधीशहरुलाई जानकारी गराएको थियो।

लगत्तै न्यायाधीशहरुले आन्तरिम छलफल गरेर राणासँग काम गर्न नसकिने निष्कर्ष निकालेका थिए। बारले पनि उक्त खबर पाएपछि राणाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्ने तयारी गरेको छ।

अहिले सर्वोच्च अदालतको मुख्य गेटमा  सुरक्षा बढाइएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की लगायतका न्यायाधीशहरु भने सर्वोच्च अदालत भित्र छिरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे