एलिजाबेथकाे अत्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पुगे लन्डन



एलिजाबेथकाे अत्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पुगे लन्डन

काठमाडाैँ– परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन पुगेका छन्।

मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए।

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन्।

खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चार्ल्स तृतीयको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन्।

मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए।

मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे