राप्तीमा निस्सा वितरण कार्य सुरु : पहिलाे दिन ८ सय ७ घर परिवारलाई वितरण गरियाे



राप्तीमा निस्सा वितरण कार्य सुरु : पहिलाे दिन ८ सय ७ घर परिवारलाई वितरण गरियाे
भालुवाङ १९ भदाै । दाङकाे राप्ती गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूकाे लागि निबेदन दर्ता तथा नाप नक्साकाे निस्सा वितरण कार्य सुरु गरिएको छ। आइतवार एक कार्यक्रमकाे आयाेजना गरि वडा नम्बर १ र २ बाट निस्सा वितरणकाे काम शुरूवात गरिएको हाे ।
पहिलाे दिन वडा नम्बर १ मा ३ सय २० जना र वडा नम्बर २ मा ४ सय ८७ गरि कुल ८ सय ७ घरपरिवारलाई निस्सा बितरण गरिएकाे छ । राप्ती गाउँपालिकाभर कुल ४ हजार ६ सय २० घरपरिवारलाई निस्सा बितरण गरिने भुमि सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरूङले जानकारी दिएका छन् ।
निस्सा बितरण कार्यक्रमकाे सुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले आफुहरूले निर्वाचनका बेला गरेकाे प्रतिबद्धता अनुरूपकाे समय सिमा भित्रै निस्सा बितरण गर्न पाउँदा खुसी लागेकाे र यथासक्य चाडै जग्गाधनी प्रमाण पुर्जा समेत बितरण गर्ने गरि कार्य गरिने जानकारी दिएका छन् । साथै उनले अशक्त, बृद्धबृद्धालाई प्राथामिकतामा राखेर कार्य गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । निस्सा वितरण कार्यक्रम भदाै ३१ गते सम्म जारी रहने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे