लमही नगरपालिका क्षेत्र भित्र यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने



लमही नगरपालिका क्षेत्र भित्र यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

ओमप्रकाश गुप्ता, लमही २४ कार्तिक ।

दाङको लमही नगरपालिकाले यस वर्षको तिहारमा खेलिने देउसी भैलो नखेल्न नखेलाउन आमनागरिकहरुलाई अनुरोध गरेको छ ।

सोमबार लमही नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले तिहारको अवसरमा आम नगरबासीलाई शुभकामना दिदै यस वर्ष कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै लमही नगरपालिका क्षेत्र भित्र देउसी भैलो खेल्ने, खेलाउने कार्य नगरी घरमै बसेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार दिपावली मनाउन आमनगरबासीलाई अनुरोध गर्ने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिएका छन् ।

त्यसै गरी बैठकले सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनलाई आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागि स्थापना गरिएको सहिद नेत्रलाल अभागि स्मृति प्रतिष्ठानको भवनमा रहेको क्वारेन्टाइनलाई आइशोलेसन केन्द्रको रूपमा सञ्चालन गर्ने निर्णय गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने भएपछि राप्ती प्राविधिक शिक्षालयमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर मंसिर १ गतेदेखि बन्द हुने भएपछि देउखुरीका चार स्थानीय तहले आफै छुट्टाछुट्टै आइसोलेशन बनाउने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे