१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै



१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।’

उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यसैगरी बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताए । इकान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘बेलुकासम्ममा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो ।’ बोर्डको बैठक मंगलबार ३ बजे बोलाइएको छ। परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे