दाङ-सल्यान सडक खण्डकाे साततलेमा पहिरो खस्दा सडक अवरुद्ध



दाङ-सल्यान सडक खण्डकाे साततलेमा पहिरो खस्दा सडक अवरुद्ध

दाङ १३ भदाै । लगातारको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ-सल्यान  सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। दाङ–सल्यान सडक खण्डअन्तर्गत दाङ तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए  ।

बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा आवतजावत पूर्णरुपमा ठप्प भएको उनले बताए । वर्षात निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताए । वर्षा रोकिएपछि पहिरो पन्छाउने उनको भनाइ छ ।

पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै गाडी रोकेर राखिएको उनले बताए । निर्माणाधीन दाङ-सल्यान सडक वर्षातको समयमा  पटक पटक अवरुद्ध हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे