तीज पर्वमा माैलिकता हुनु आवश्यक छ : सहायक क्याम्पस प्रमुख ज्ञवाली



तीज पर्वमा माैलिकता हुनु आवश्यक छ : सहायक क्याम्पस प्रमुख ज्ञवाली

भालुवाङ १० भदाै । ऐरावती आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले तीज पर्वमा माैलिकता हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ बराखुट्टीले क्याम्पसमा आयोजना गरेको  माैलिक तीज विशेष कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । पछिल्लो समय तीज पर्वमा गाइने गित तथा नृत्यमा छाडापन बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधि रोक्न विद्यार्थीहरू बाटै तीज पर्वमा माैलिकता ल्याउन गित संगितको  माध्यमबाट संदेश प्रवाह गर्न सुझाव दिएका थिए ।

क्याम्पसका शिक्षा शात्र संकायका प्रमुख भेषबहादुर बुढाथोकीको अध्यक्षता एवम् सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजित तीज गित प्रतियोगितामा रिमा घर्ती मगरको समुह प्रथम, सुनिल वाकवल मगरको समुह दोस्रो, शोनिया रोका मगरको समुह तेस्रो र नमिता पोख्रेलको समुहले सान्त्वना स्थान प्राप्त गरेका छन् । बिजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।  

देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष  धुव्र बेल्वासे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ४ वटा समुहले भाग लिएको कार्यक्रममा निर्णायकको भुमिका आनन्द लामिछाने, तुलसीराम पाैडेल र तुल्सा वलीले निर्वाह गरेका थिए । विएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी
विनोद बेल्वासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रकाश जेठारा र संगिता भण्डारीले गरेका थिए । यो समाचार देवका न्याैपाने र वर्षा केसीले पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे