कपिलवस्तुको मायादेवीमा दिनदहाडै गोली प्रहार



कपिलवस्तुको मायादेवीमा दिनदहाडै गोली प्रहार

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको मायादेवी गाउँपालिकामा दिनदहाडै गोली प्रहार भएको छ । शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएको घटनास्थललाई उदृत गर्दै स्थानीयले बताएका छन् ।

गोली प्रहारबाट साविक बलुहवा गाविसका घुरहु मुराउ घाइते भएको स्थानीयले बताएका छन् ।

उनी माथि घरमै गोली प्रहार भएको जनाइएको छ ।

गाली प्रहार पश्चात मुराउ रम्ताम्य अवस्थामा ढलेको स्थानीयले देखेका थिए ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे