दाङको देउखुरीमा एक पुरुष वेवारिसे अवस्थामा फेला



दाङको देउखुरीमा एक पुरुष वेवारिसे अवस्थामा फेला

लमही ८ भदाै । दाङको लमहीमा एक जना पुरुष वेवारिसे अवस्था फेला परेका छन् । पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका ८ जहरेदेखि पश्चिम दक्षिणको सडकदेखि ४ किलोमिटर तल खसेको अवस्थामा नाम ठेगाना नखुलेका अन्दाजी ३०/ ३२ वर्षिय पुरुषलाई वेवारिसे अवस्थामा फेला पारेको अस्थायी प्रहरी चौकी रिहारका प्रहरी सहायक निरीक्षक शोभा गिरीले जानकारी दिइन् ।

असई गिरीका अनुसार बाजुरा घर बताउने पुरुषको अवस्था अझैसम्म पनि अचेत रहेको छ । ‘उनलाई उद्दार गर्दा शरीरमा वस्त्र पनि थिएन्, पछि उनलाई लुगा लगाएर अस्पताल पुर्‍याइयौं । उनको दुवै खुट्टाको पैतलामा किरा परेको थियो’- असई गिरीले भनिन् । उनको उपचार अहिले लमही अस्पतालमा भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

मंगलबार नेपाल बन्दको बेला गाडी स्कटिङ्ग गराउने क्रममा उनी सडकदेखि तल खसेर वेवारिसे अवस्थामा रहेको भन्ने खबर पाएपछि आफूले ती पुरुषलाई ८ र ९ नम्बरका वडा अध्यक्ष र स्थानीयको सहकार्यमा दिउँसो १ बजेतिर उद्दार गरेर अस्पताल पुर्‍याएको बताइन् । उनको अवस्था अहिले पनि अचेत नै रहेको असई गिरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे