प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित



प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित

काठमाडौं ६ भदौ । प्रतिनिधि सभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको छ । यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

गिरिको उपचारका क्रममा गएको शनिवार राति साढे ९ बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । गिरि नेपाली कांग्रेस पार्टीबाट विसं २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै वि.सं २०६४ र २०७० सालको संविधान सभा चुनावमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे