विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीद्धारा भोली नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)



विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीद्धारा भोली नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

 

दाङ ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व)ले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्धमा दाङसहित देशैभर बन्दको आह्वान गरिएको पार्टीका दाङ जिल्ला इन्चार्ज विकास वलीले जानकारी दिए ।

जिल्ला इन्चार्ज वलीका अनुसार बन्दको समयमा अस्पताल, होटल, चिया खाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै बन्द रहने छ । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै बन्द गरि सहयोग गरिदिन सम्पूर्णलाई आह्वान समेत गरेको छ ।

जिल्ला इन्चार्ज वलीका अनुसार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे