दाङको भालुवाङबाट प्युठानकाे बाग्दुला तर्फ जाँदै गरेको यात्रुवहाक गाडी दुर्घटना, ९ जना घाइते



दाङको भालुवाङबाट प्युठानकाे बाग्दुला तर्फ जाँदै गरेको यात्रुवहाक गाडी दुर्घटना, ९ जना घाइते

दाङ ६ भदौ । दाङबाट प्युठान जाँदै गरेको यात्रुवहाक गाडी (भ्यान) दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्युठान बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका– ४ कुडुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरु मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । अन्य ८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।घाईतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

गाडीमा चालक सहित १४ जना सवार थिए । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडी सडकबाट करीब २० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे