नागरिकका गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालन



नागरिकका गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालन

भालुवाङ ६ भदाै । दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ ।

गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

गरिव, दिनदुखीहरूका गुनासा सुन्न तथा जोखिममा परेका समुदायको समस्या लगायत गाउँबासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको अध्यक्ष विष्टले बताए ।

बेलुका ६ बजे देखि ८ बजे सम्म यो टोल फ्रि नम्बर अध्यक्ष आफै सँग हुने र बाँकी समय कार्यालयमा रहने भएकाले आफुलाई उपयुक्त पर्ने समयमा फोन गरेर गुनासो टिपाउन तथा सुझाव दिन सकिने अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे