अखिल नेपाल शिक्षक संघको दोस्रो लुम्बिनी प्रदेश भेला भालुवाङमा सम्पन्न, अध्यक्षमा भण्डारी चयन



अखिल नेपाल शिक्षक संघको दोस्रो लुम्बिनी प्रदेश भेला भालुवाङमा सम्पन्न, अध्यक्षमा भण्डारी चयन

भालुवाङ २८ साउन । अखिल नेपाल शिक्षक संघको लुम्बिनी प्रदेश भेला दाङको भालुवाङमा शनिबार सम्पन्न भएको छ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता एवं महासचिव चक्रपाणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि तथा पार्टीका महासचिव  पौडेलले राज्य सधैं शिक्षक प्रति पूर्वाग्राही रहेको र सामान्य अधिकार प्राप्तिको लागि पनि संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विद्यालय कर्मचारी लगायतको तलब वृद्धि नगरेको प्रति आक्रोश पोख्दै शिक्षकका तमाम समस्याको सम्बोधन गर्न जोडदार माग गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार  सुरेश थापा, दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल शिक्षक महासंघका केन्द्रीय उप महासचिव तारा बेल्वासे, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य विन्दु विष्ट र निवृत्त शिक्षक कपिलदेव खनालले सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन सचिव रुमाल प्रसाद बसेलले गरेका थिए ।

अध्यक्षमा लालबहादुर भण्डारी
यसै बीच अखिल नेपाल शिक्षक संघको प्रदेश भेलाले दाङका लालबहादुर भण्डारीलाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण बञ्जाडे ( अर्घाखाँची ), महिला उपाध्यक्षमा देवा विष्ट(प्यूठान), सचिवमा कल्याण खड्का(प्यूठान), कोषाध्यक्षमा रुमाल प्रसाद बसेल(दाङ) र सह सचिवमा कमलराज भट्टराई (रोल्पा) रहेका छन् ।
   
त्यसै गरि सदस्यहरुमा ओमकला खनाल(दाङ), बुद्धि बञ्जाडे(बाँके), कमला गिरी(कपिलवस्तु ), विनोद बोहरा (रुपन्देही), विष्णुमाया भुसाल(अर्घाखाँची), प्रेम अर्याल(गुल्मी), शिव शाही(रुकुम पूर्व), निरु थापा(पाल्पा) र ईश्वरी ज्ञवाली(नवलपरासी पश्चिम) रहेका छन् ।
  
यसै गरी भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरुमा डिलाराम पौडेल(दाङ), मधु पण्डित (दाङ), मीना गौतम(बर्दिया), खेमराज पोख्रेल (प्यूठान) र ईश्वरी आचार्य (कपिलवस्तु) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे