नेवा सेवा समिति दाङद्धारा घोराहीमा झाँकी सहित गाईजात्रा



नेवा सेवा समिति दाङद्धारा घोराहीमा झाँकी सहित गाईजात्रा

दाङ २७ साउन । नेवाः सेवा समिति दाङले आज गाईजात्रा निकालेको छ । यो वर्ष दिवंगत भएका परिवारहरुले आफ्ना पितृको सम्झनामा तस्बीर राखेर झाँकीसहित गाईजात्रा निकालेको हो ।

आफन्त गुमाएकाहरुले शोकलाई शक्तिमा बदल्न गाईजात्रामा उनीहरुको सम्झना गर्दै घरबाटै गाईजात्रा निकालेको समितिका अध्यक्ष एवम् गाईजात्रा मूल समारोह समिति संयोजक विवेक श्रेष्ठले बताए । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भीमसेन मन्दिरबाट निकालिएको गाईजात्रा बजार परिक्रमा गराइएको छ । बाजागाजासहित मनोरन्जनात्मक शैलीमा निकालिएको गाईजात्रामा ठूलो संख्यामा समुदायका व्यक्तिहरु सहभागी भएका छन् ।

हरेक वर्ष नेवाः सेवा समितिले आफ्नो समुदायमा शोकमा परेकाहरुलाई समेट्दै गाईजात्रा निकाल्ने काम गर्दै आएको छ । आफुहरुको परम्परागत संस्कृति रहेकाले यो पर्वलाई निकै महत्वका साथ लिने गरेको समितिका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे