राप्ती गाउँपालिकाले खोलाको ढिकमा वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनायो



राप्ती गाउँपालिकाले खोलाको ढिकमा वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनायो

सिसहनियाँ २७ साउन । दाङको राप्ती गाउँपालिकामा वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

अन्तरपुस्ताको ऐक्यवद्वता : सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाले वडा नम्बर ५ को कालापानी स्थित दोलाई खोलाको ढिकमा वृक्षरोपण गरेर युवा दिवस मनाएको हो ।

गाउँपालिकाले खोलाको खाली ठाउँमा छतियुन, जावुन, सिरिस, गुलमोहर गरि कुल ५०० बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

युवा दिवसलाई रचनात्मक बनाउन तथा खोला कटान रोकथामका लागि पनि वृक्षारोपण गरिएको अध्यक्ष विष्टले बताएका छन् । यसै बीच वृक्षारोपण पछि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियोे ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण आवश्यक रहेको बताएका थिए । बोट बिरुवा भए मात्र मानव जीवन बाँच्न सक्ने भएकाले वृक्षारोपण सँगै बोट बिरूवाको संरक्षणमा लाग्न सवै युवा वर्गमा आग्रह समेत गरेका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, ८ का वडा अध्यक्ष चन्द्र गुरूङ, ४ का वडा अध्यक्ष विरबहादुर चाैधरी, मावि माैरीघाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेको प्रशिक्षार्थी पत्रकार सिर्जना थापा र निशाकुमारी चाैधरीले यो समाचार लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे