पार्टी जनतासंग जोडिनै पर्छ : महरा



पार्टी जनतासंग जोडिनै पर्छ : महरा

देउखुरी २० साउन । प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णवहादुर महराले राजनीतिक दल तल्लो तहका जनतासंग जोडिन आवश्यक रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सल्लाहकार द्रोपता पौडेलको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासंग नजोडिदा जनगुनाशो बढी आउने गरेको बताए ।

उनले भने,–। ‘जनतासंग नजोडिदा जनता र पार्टी विचको दुरी कम भएको भन्दै, अब जनभेटघाटको कार्यक्रमलाई निरन्तता दिदै जनमुखी काम गर्न आवश्यक छ ।’ नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष महराले माओवादीको केन्द्रिय सम्मेलनले जनतासंग जोडिने गरी कार्यक्रम ल्याएको जानकारी दिए ।

माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्विकार्दै, जनजीवीकाका सवालमा केन्द्रित भएर महाधिबेसनमा समिक्षा गरिएको जानकारी दिए । महराले भने ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशन पछी प्रगती पनि देखिन थालेको छ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशकी साँसद दामा शर्मा लगायतको सहभागिता रहेको थियो । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गिय द्रोपता पौडेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकामा नगर प्रमुखमा उम्मेदवार बनी पराजीत भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे