घाेराहीमा एमालेकाे प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु



घाेराहीमा एमालेकाे प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु

दाङ २० साउन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीकाे आयाेजनामा प्रदेश स्तरीय प्रशिक्षण शुक्रबारदेखि दाङकाे घाेराहीमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयाेगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माकाे उपस्थिति रह्याे ।

प्रशिक्षण कार्यक्रमकाे उद्घाटन उपाध्यक्ष सुवास नेम्वाङले गरे । सम्बाेधन गर्दै उनले जनताको जनादेश लिएर एमाले मुल ढाेकाबाट सिंहदरबार प्रवेश गर्ने बताए । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका जनताको लोकप्रिय मत र बिश्वास लिएर सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनकाे समीक्षा र आगामी निर्वाचनलाई लक्षित गरेर देश व्यापी प्रशिक्षण आयाेजना गरेकाे छ । पालिका, जिल्ला र प्रदेश स्तरमा यसखाले प्रशिक्षण चलिरहेकाे छ । दुई दिने प्रशिक्षणमा महासचिव शंकर पाेख्रेल, उपाध्यक्ष बिष्णु पाैडेल, उपमहासचिव प्रदिप ज्ञवाली, प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्मा लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे