सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत एक किशोरी माथि करणी गरेको आरोपमा किशोर पक्राउ



सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत एक किशोरी माथि करणी गरेको आरोपमा किशोर पक्राउ

सिसहनियाँ १३ साउन । दाङको देउखुरीमा जवरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी १५ वर्षिय निश्चल चाैधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । साउन ८ गते राती करिव ११ बजे खेतमा सोही पालिका वडा नम्बर ५ बस्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

किशोरी माथि जवरजस्ती करणी गरेको थाहा पाएपछि पिडित किशोरीका परिवारले प्रहरी समक्ष शुक्रवार निवेदन दर्ता गराएका थिए । उनलाई आजै इलाका प्रहरी कार्यालय सिसहनियाँले पक्राउ गरी इलाका प्रहरी कार्यालय भालुवाङमा पठाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ती किशोर सर्वोदय मावि सिसहनियाँमा कक्षा १० मा अध्ययरत हुन् । भने किशोरी कक्षा ७ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीले अनैतिक क्रियाकलाप गरेको भन्दै ती दुवै विद्यार्थीलाई विद्यालयबाट निस्कासन गरेको विद्यालयका प्रअ गोविन्दबहादुर केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे